नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ
शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

काठमाडौं, असोज ७। नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, तर एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ,’ उनले भने,’श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित छन् ।’

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने,’उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’ यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय