बर्दियामा थप २० जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

बर्दिया, असोज ८ (फरकसमाचार) / जिल्लामा थप २० जनामा कोरोना संक्रमण शुक्रबार पुष्टि भएको छ । ११ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार २ सय १९ पुगेको छ । त्यसैगरी शुक्रबार २ जना निको भएका छन् । निको हुनेको संख्या ६ हजार ९ सय ३२ पुगेको छ । ७८ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ७४ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ९ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर