दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
शनिबार, असोज ०९, २०७८ मा प्रकाशित

दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ ।ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । साभार रातोपाटी खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय