सशस्त्र प्रहरी द्वारा थ्रेसर,काठ र चिनी बरामद
आइतबार, असोज १०, २०७८ मा प्रकाशित

बर्दिया, असोज १० (फरकसमाचार)

सशस्त्र प्रहरीले ट्याक्टरको थ्रेसर, काठ र चिनी शुक्रबार बरामद गरेको छ । भन्सार छली ल्याउदै गरेको अवस्थामा सिमा नाकाबाट सशस्त्र प्रहरीले उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत युनिटबाट खटिएका सशस्त्र प्रहरीले रु ९६ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार ट्याक्टरको थ्रेसर १ थान, १ क्विन्टल चिनी, ३ क्युफिट सालको काठ र १० क्युफिट खयरको काठ बरामद भएको छ । बरामद सामान मध्ये काठ डिभिजन बन कार्यालयमा र अन्य सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर