नेपाली काँग्रेस भित्रको चुनावमा अन्य दलसँगको जस्तै छनक
आइतबार, असोज १०, २०७८ मा प्रकाशित

१४ आंै महाधिबेशन

रामप्रसाद चौहान

बर्दिया, असोज १०

पालिकाको सभापति र कार्य समितिका चयनका लागि नाम घोषणा गर्ने तरखरमा शनिबार नेपाली काँग्रेसका नेता गण जुटे । सहमति नजुटदा अबेरसम्म अधिकांश पालिकाको नाम सार्वजनिक हुन सकेन । राजापुर नगरपालिकाको संस्थापन पक्षका महेश चौधरी र पुराना संस्थापनबाट विष्णु चौधरीको नाम सामाजिक संजालबाट सार्वजनिक भएको छ ।

जिल्लाको ८ वटा पालिका अधिबेशनका पार्टी भित्र गुट गत विवाद छ । बारबर्दिया नगरपालिकाबाट नगरसभापति अमृत ढकालको प्रतिद्वन्दी सुरेन्द्र बोहराको नाम बाहिरिएको छ । बाँसगढी नगरपालिकामा सभापतिमा बलिराम चौधरी र सचिवमा एकनारायण अधिकारीको नाम बाहिरिएको छ । त्यसैगरी बढैयाताल गाउँपालिकामा सभापतिमा मान बहादुर बुढाको नाम बाहिरिएको छ ।

सरसर्ती अनुमान गर्दा पालिकामा संस्थापन र पुरानो संस्थापन बिच तिब्र प्रतिस्पर्धा हुने आँकलन छ । नयाँ संस्थापन, पुरानो संस्थापन र ईतर पक्ष बिच सहमति हुन नसक्दा नाम टुगोंमा लाग्न नसकेको हो ।

१४औं महाधिवेशन अन्तर्गत भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा केन्द्रमा क्रियाशील गुटको प्रत्यक्ष प्रभाव देखिएको छ । त्यो प्रभाव बढ्दै जाँदा काँग्रेसले पालिकाको अधिबेशन गराउँदासम्म कार्यकर्तामा असुन्तुष्टि उकालो लाग्दै गएको छ । तल्लो तहका अधिवेशनमा अधिकांश ठाउँमा संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा छ ।

अर्को दलसँगको चुनावी प्रतिस्पबर्धा भएजस्तो छनक दिनेगरी भएको वडा अधिवेशनमै एकले अर्को पक्षलाई निषेध गरेपछि काँग्रेस भित्रको विवाद छताछुल्ल भएको छ । वडा प्रतिनिधि चयनमा मधुवन हाना हान समेत भयो । प्रहरीले दुवै पक्षलाई थुन्छु भनेपछि विवाद सल्टेको हो ।

सहमतिबाट क्षेत्रीय प्रतिनिधि चयन गरिएका अधिकांश स्थानमा पनि गुटको हैसियत अनुसार भागबन्डा गरिएको पाईएको छ । पार्टीमा पु¥याएको योगदान भन्दा गुटले प्रधानता पाउँदा लामो समय संगठन निर्माणमा सक्रिय भएका र पार्टीमा भविष्य भएका नेता कार्यकर्ता वडाबाटै क्षेत्रीय प्रतिनिधि आउन रोकिएका छन् ।

गुलरिया नगरपालिकाकी उप प्रमुख शुशिला गिरी र गुलरिया वडा नं. १० का अध्यक्ष बिरेन्द्र चौधरी त्यसको शिकार बन्न पुगे । गिरी र चौधरी वडा प्रतिनिधि आउँनका लागि भारी मतको फरक परेको तथ्य सार्वजनिक भएको छ ।

गुटगत विवादको यो उदाहरण मात्र हो । क्षेत्रिय प्रतिनिधिमा भागबन्डामा आएका पालिका देखि जिल्लाको अधिबेशनसम्म काँग्रेस भित्रको बिबाद अन्य दलसँग हुने चुनाव भन्दा कम प्रतिस्पर्धा हुने देखिएको छैन ।

एकले अर्कोलाई निषेध गर्ने गरी क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरिँदा नै बिबाद चुलिएको हो । क्रियाशिल बिबाद हँुदा पार्टी कार्यालयमा ताला लाग्यो ।

जिल्ला नेताहरूनै आफ्नो स्वार्थमा लाग्दा अधिबेशन झन पछि झन पेचिलो बनेको छ । आफू टिक्ने र अर्को पक्षलाई ठीक पार्ने रणनीतिमा तलदेखि माथिसम्मकै नेता सक्रिय हुँदा अबको १५ महिनाभित्र हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कस्तो प्रभाव पर्छ, आँकलन गर्न सकिने अवस्था नभएको स्वयम कार्यकर्ता स्वीकारछन् ।

आफु प्रतिनिधि आउँन ठुला ठुला नेता वडामै सिमित भएका कारण क्षेत्रिय प्रतिनिधि चयन देखि बिबाद बढेको एक कार्यकर्ताले बताए । ‘काठमाडौबाट आएर सभापति लड्ने खुवाब देख्ने नेता आफु नै प्रतिनिधि आउँने नआउँने त्रसित भए,’आक्रोषित कार्यकर्ताले भने,‘अनि भाडभैलो नभए के हुन्छ ।’ नेतालाई आफ्नो पिर भएकाले सयौ कार्यकर्ता भविष्यलाई वेवास्ता गरेको उनले सुनाए ।

केन्द्र र जिल्ला तहका नेताका कारण वडा तहसम्म गुटको प्रभावले पार्टीमा धाँजा फाटेको अधिकांश कार्यकर्ता गुनासो गर्छन् ।
कार्यकर्ताका अनुसार पार्टी भन्दा गुट प्राथमिकतामा पर्दा कांग्रेसमा अहिले नेतैपिच्छे समूह निर्माण भएका छन् । जिल्लामा प्रभावसाली नेता संजय गौतम अधिबेशनमा सक्रिय छन् ।

गौतमले बामदेव गौतमलाई पराजित गरेर आफु बिजयी भएपनि आन्तरिक विवाद मथ्थर पार्ने विषयको सफलता नजिक पुग्न सकेका छैनन् । काँग्रेसमा सभापतिमा ६ जना आकाक्षी देखिएका छन् । अन्तसम्म संस्थापन तर्फबाट अरुण राठोर र पुरानो संस्थापनबाट बिद्या खनाल प्रतिस्पर्धामा उत्रने आँकलन गर्छन । अन्य आकाक्षी देखिएका नेताले समग्र वडाको बिबाद अन्त्य गर्न चासो नदेखाएका कारण कायकर्ता रुष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय