असोज १० / सत्ता गठबन्धनको ब" />
बालुवाटारमा गठबन्धनको निर्णय : भागवण्डाको जिम्मा शीर्ष नेतालाई
आइतबार, असोज १०, २०७८ मा प्रकाशित

काठमाडौं,असोज १० / सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए ।

‘आजको बैठकले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउनेगरी चाँडो समस्याको समाधान खोज्नुस् भनेर जिम्मेवारी दिएको छ’, गठबन्धनको बैठकपछि राय यादवले भने, ‘अबको एक दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’ अध्यादेश, मन्त्रिपरिषदको पूर्णता, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न आइतबार बिहान बसेको बैठकले परिणाम दिनेगरी समाधान खोज्न नेताहरुलाई जिम्मेवारी दिएको हो ।

असार २९ मा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत र जनता समाजवादीलाई समेत समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने भनिएपनि ती पार्टीको आन्तरिक झमेलाका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

पछिल्लो समय माधव नेपाल लगायतका नेताहरुविरुद्ध एमालेले सर्वोच्च अदालतमा दिएको रिट निवेदन, यसअघि ल्याएको अध्यादेशका कारण नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्रिमण्डलको पूर्णताका लागि केही समय मागेका थिए । तर शुक्रबार नेपाल लगायतका नेताको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने आदेश गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिन केही सहज भएको छ । उता, जसपाले अध्यादेश खारेज गरेर मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने अडान राख्दै आएको छ । त्यसका लागि सरकारले अध्यादेश निष्क्रिय बनाउने उपाय खोजिरहेको छ ।

गठबन्धनभित्र रहेका ५ दलमध्ये जनमोर्चा सरकारमा सहभागी नहुने बताएकाले चार दलले पाउने मन्त्रालयको संख्यामा मोटामोटी सहमति जुटेपनि कुन मन्त्रालय कसले पाउने भन्ने एकीन भएको छैन । प्रधानमन्त्रीसहित काँग्रेसले गृह, स्वास्थ्य, परराष्ट्र र कानुन मन्त्रालयको जिम्मेवारी लिइसकेको छ भने माओवादीले अर्थ र उर्जा पाइसकेको छ । बाँकी रहेका मालद्धार मन्त्रालयमा पनि गठबन्धनबीच सहमति हुन सकेको छैन । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय