न्याय माग्दै नेपालगञ्जदेखि काठमाडौं हिँडेको टोली बुटवलमा, मुख्यमन्त्री कार्यलयमा धर्ना
आइतबार, असोज १०, २०७८ मा प्रकाशित

बुटवल, असोज १०। गत १ गतेदेखि न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेको टोली बुटवल पुगी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय अगाडि धर्ना दिन शुरु गरेका छन् ।

पीडित र अधिकारकर्मीहरुको टोलीले बाँकेमा भएका दुई वटा घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका हुन् ।

गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गतसालदेखि नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अज्ञात अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानलगायतले विगत १९ दिनसम्म बाँकेको जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएका थिए ।

निरन्तर धर्ना, दबाबका बाबजुद प्रहरीले घटनाबारे सत्यतथ्य छानबिन नगरेको भन्दै उनीहरुले पैदल यात्रा शुरु गर्नु परेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले बताइन् ।

महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार नारासहित पैदल यात्रामा सहभागी छन् ।

उनीहरुले बुटवलस्थित मुख्यमन्त्रीको कार्यलयमा तीन दिनदेखि ५ दिनसम्म धर्ना दिने र काठमाडौं आएपछि प्रधानमन्त्री कार्यलय, गृहमन्त्री कार्यलय र प्रहरी प्रधान कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको रुबीले जानकारी दिइन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय