बर्दियामा प्रहरीलाई आर्थिक प्रलोभन देखाउने दुई पक्राउ
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११(फरकसमाचार)

आर्थिक प्रलोभन देखाउने दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–११ का २० वर्षिय राकेश खटिक र १९ वर्षिय अजय खटिक पक्राउ परेका हुन् । गुलरिया नगरपालिका–७ शहिदगेट स्थित प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दुवैले आर्थिक प्रलोभन देखाएका थिए ।

प्रहरीले लु २० प ८६१ नम्बरको मोटरसाईकल रोकी चेक जाँच गर्ने क्रममा ब्लु बुक र लाईसेन्स मागेपछि दुवैले आर्थिक प्रलोभन देखाएको प्रहरीले जनाएको छ । आर्थिक प्रलोभन देखाएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिई कानुनी कारवाही अघि बढाए प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय