प्रहरीले १ सय ९ छाडा चौपायालाई गौशाला पुगायो
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११(फरकसमाचार)

सडक बाटोमा छाडा घुमिरहेका चौपायालाई प्रहरीले आइतबार गौशाला पुगाएको छ । प्रहरीले १ सय ९ वटा छाडा गाई गोरुलाई गुलरिया नगरपालिका–२ स्थित रहेको गौशालामा पु¥याएको हो ।

पछिल्लो समय छाडा चौपायाले गर्दा सडकमा दुर्घनाको जोखिम बढ्दै गएको छ । छाडा चौपाया मुख्य सडक जाम गरेर बिच बाटोमा बस्दा दुर्घटनाको सम्भावना बढेको छ । छाडा चौपायाले गर्दा गुलरिया बजारको मुख्य सडक अस्तव्यस्त बनेको छ ।

सडकमा चौपायाले गर्दा दुर्घनाको सम्भावना दिनप्रति दिन बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले गुलरिया नगरपालिकाको समन्वयमा छाडा चौपायालाई जम्मा गरी गुलरिया नगरपालिका–२ स्थित रहेको गौशालामा पु¥याएको प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए । त्यसैगरी छाडा चौपायाले गर्दा किसानहरु दिनरात खेतमै बस्नु पर्ने बाध्यता रहेको छ ।

मेहनत पसिना बगाएर लगाएको बाली बचाउँन दिनरात खेतमा बस्नु परेको स्थानीय किसान बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय