गुलरिया नगर सभापतिका तीन जना प्रतिस्पर्धी
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

नेपाली काग्रेसको १४ औं महाधिवेशन

राम प्रसाद चौहान

बर्दिया, असोज ११  / नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि गुलरिया नगरका लागि तीन जना प्रतिस्पर्धी देखिएका छन् । जिल्लाको जेठो सदरमुकाम गुलरियामा पार्टीले मिलाउँन खोजेपनि तीन प्रतिस्पर्धी सामाजिक संजाल मार्फत सार्वजनिक भएका छन् । एउटा प्यानल ईन्द्र यादवको नेतृत्वमा रहेको सार्वजनिक भएको छ ।

यस्तै, एउटा प्यानल श्याम प्रसाद थारुको नेतृत्वमा रहेको सार्वजनिक संजालमा भेटिएको छ । नगर सभापतिका अनुप यादवले नगर सभापतिको लागि फेसबुक मार्फत भोट मागेका छन् ।

प्यानल प्यानल बिचमा तिब्र प्रतिस्पर्धा हुने कार्यकर्ता आँकलन गर्छन् । फरक समाचारले प्रतिस्पर्धी प्यानलका नेतृत्वको जित होला आँकलन प्रतिक्रिया माग्दा अधिकांशले यादव र थारु दुबैलाई शुभकामना दिएका छन् । कतिले सामाजिक संजाल मार्फत मागिएको प्रतिक्रियाको विरोध समेत गरेका छन् । जिल्लामा रहेका ८ वटा पालिकामा सर्व सहमति हुने कतै देखिएको छैन ।

त्यसमध्य क्रियाशिलकै विवाद विच वडा अधिबेशन सम्पन्न नभएका कारण मधुवनमा अधिवेशन स्थगित गरिएको छ ।

पालिकामा क कस्को छ त चर्चा

सोमबार ७ वटा स्थानीय तहमा मनोनय तथा उम्मेदवारी दर्ता हुँदैछ । सात वटा पालिकामा निर्वाचन अधिकृत खटिएको फरक समाचारलाई खबर प्राप्त भएको छ । प्यानल प्यानल खडा गरेर निर्वाचनमा जाने तयारी छ । अधिकांश पालिका उम्मेदवारको नाम चर्चामा छ । मनोनयन दर्ता भएपछि एकिन लागेपनि अहिले प्रतिस्पर्धीका नाम आएको छ ।

राजापुर नगरपालिका नगर सभापतिका लागि महेश चौधरी र विष्णु चौधरीको नाम चर्चामा छ । मधुवनमा मिन बहादुर थापा, प्रेम बहादुर गुरुङ, अमर केसीको नाम चर्चामा छ । गेरुवा गाउँपालिकामा दरवारी थारु र प्रेम बहादुर रावल प्रतिस्पर्धी भएको आँकलन छ । बाँसगढीमा बलिराम थारु, लोहारी थारु र लोक प्रसाद शर्मा देखिएका छन् । ठाकुरबाबाको नगर सभापतिमा पदम खड्का विपि भण्डारी र लक्ष्मी गौली रहेका छन् । बढैयाताल गाउँपालिकामा मान बहादुर बुढाको नाम आएको छ ।

यस्तै बारबर्दियामा अमृत ढकाल र सुरेन्द्र बोहराको भिडन्त हुने करिब करिब पक्का भएको छ । गुलरियाको हकमा निर्वाचन अधिकृतका अनुसार बिहान ७ देखि १० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता, १०ः३० मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, १०ः३० देखि १०ः४५ सम्म मनोनयन पत्रमा दावी, १०ः४५ देखि ११ बजेसम्म दावी विरोध छानबिन हुनेछ ।

११ः३० उम्मेदवारको द्वितिय नामावली प्रकाशन, ११ः३० देखि १ बजेसम्म मनोनयन पत्र फिर्ता १ः१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन्छ । २ः३० देखि ५ बजेसम्म मतदान हुनेछ । क्षेत्रिय प्रतिनिधि २ सय ३८ र माननीयसहित २ सय ५० जनाले मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय