गुलरियामा चितुवाले एकै रात २२ खसी बाख्रा मा¥र्यो
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११ (फरकसमाचार) / गएराति चितुवा बाघले २२ वटा खसी बाख्रा मारेको छ ।

गुलरिया नगरपालिका–५ सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बाख्रा फर्ममा रहेका बाख्रा चितुवाले मारेको हो । पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा राति चितुवा पसेर खसी तथा बाख्रा मारेको छ ।

नजिकै रहेको सामुदायिक वनबाट चितुवा आएको स्थानीयले बताएका छन् । सामुदायिक वनमा रहेका चितुवा पटक पटक सन्तोषी टोलमा पस्ने गरेको स्थानीयको भनाई छ ।

चितुवा खोरमा कसरी पस्यो र के कति क्षति भएको विस्तृत विवरण बुभ्mने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय