पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

काठमाडौं, असोज ११ / काठमाडौंको पशुपति क्षेत्रमा एक जना ‘बाबा’माथि खुकुरी प्रहार भएको छ।

सोमबार बिहान पशुपतिमा एक पुरूषले सन्तोष नामक गरेका ‘बाबा’माथि खुकुरी प्रहार भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। खुकुरी प्रहारबाट उनी घाइते छन्।

खुकुरी प्रहारबाट उनको पेटमा चोट लागेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।

घटना विश्वरूपा मन्दिर क्षेत्रमा भएको हो। शौचालय जाँदै गरेका उनीमाथि खुकुरी प्रहार भएको हो।

‘माल निकाल’ भन्दै ती बाबालाई उनले धम्क्याएका थिए। तर उनले आफू शौचालय जान आएको र आफूसँग छैन भनेपछि एक्कासी खुकुरी प्रहार गरिएको थियो।

उनीमाथि खुकुरी प्रहार गरी ती पुरूष फरार भएका थिए। खुकुरी प्रहार भएपछि बाबा आफैंले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।

घाइते ‘बाबा’ अहिले बोल्न सक्ने अवस्थामा छन्। उनको उपचार भइरहेको छ। प्रहरीले फरार रहेका ती पुरूषको खोजी गरिरहेको छ। गौशाला वृत्तले थप अनुसन्धान अघि बढाएको छ।सेतोखरीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय