चितुवाले मा¥यो एउटै कृषि फर्मका २२ बाख्रा
मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

चितुवाले मा¥यो एउटै कृषि फर्मका २२ बाख्रा

बर्दिया, असोज १२

सामुदायिक वन बाट बस्ती पसेको चितुवाले एउटै फर्मका २२ वटा बाख्रा मारेको छ । गुलरिया नगरपालिका–५ मा रहेको सन्तोषी सामुदायिक वन देखि १ सय मिटर दुरीमा रहेको बृष कृषि तथा पशु पंक्षि फर्मको खोरमा पसेर चितुवाले बाख्रा मारेको हो । खोरमा रहेका २३ बाख्रा मध्य एउटा भेटिएको छैन भने खोर तल खसेर एउटा बाख्रा बाचेको छ ।

नभेटिएको एउटा बाख्रा चितुवाले बोकेर भागेको अनुमान छ । पक्की बाख्राको खोर भुई देखि चार फिट अग्लो छ । टिनको छानो लगाएको र देवालमा २ फिट खालि रहेको ठाउँमा चितुवा खोरमा पसेर बाख्रा मारेको हुन सक्ने फर्म संचालक चन्द्रकान्त पौडेलले बताए । ‘पक्की खोरमा चितुवा कसरी पस्यो भन्ने अनुमान लगाउँन सकिएको छैन,’पौडेलले भने,‘ तर,टिनको छानो र देवाल रहेको २ फिट खाली ठाउँबाट चितुवा पसेको हुन सक्छ ।’

फर्म देखि पौडेलको घर दुई सय मिटर दुरीमा छ । आईतवार राती ९ बजे खोर रेखदेख गरेर फर्केको पौडेलले सुनाए । उनका अनुसार चितुवा आईतवार १२ बजे राती खोरमा पसेर बाख्रा मारेको हुन सक्छ ।

सन्तोषि सामुदायिक वनमा चितुवा देखिने गरेको स्थानीय जगदिश अधिकारीले बताए ।‘एउटा बाख्रा सम्म झम्टेर लगेको सुनिएको थियो,’उनले भने,‘खोर भित्र पसेर २२ वटा बाख्रा मारेको घटना पहिलो हो ।’सामुदायिक वनमा रहेका चितुवा पटक पटक सन्तोषी टोलमा पस्ने गरेको स्थानीयको भनाई छ । सामुदायिक वनमा रहेका चितुवा वस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

सन्तोषी सामुदायिक वनमा बच्चा सहित चितुवा देखिने गरेको प्रत्यक्षीदर्शीले बताएका छन् । घाँस र दाउँरा वन पस्ने सर्वसाधरणले सन्तोषी सामुदायिक वनमा चितुवा देखिएको बताएको प्रत्यक्षदशीलाई उदृत गर्दै संचालक पौडेलले भने,‘ चितुवा खोरमा पसेर भएभरिका बाख्रा मार्ला भन्ने कल्पना पनि सकिएन ।’चाडपर्व नजिएको बेला चितुवाले ठुलो दुर्घटना घटाएको उनले बताए । संचालकले १२ वटा बाख्राको बिमा गरेका थिए भने अन्य बाख्राको बिमा छैन ।

७ वटा माउ बाख्रा, ७ वटा खसी, एउटा बोका र ७ वटा पाठपाठी मध्य एउटा बाख्रा खोरमा जिउदो भएको उनले जानकारी दिए । फर्मको खोरमा रगत लटटिएको कतै देखिदैन । तर चितुवाले घाटी च्यापेर बाख्रा मारेका जस्तो देखिन्छ । खोरमा रहेको एउटा बाख्राका पछाडी चितुवाको पंजाले हानेको जस्तो घाउँ मात्र छ । बाँकी सबै बाख्राको घाटीमा च्यापेर दात गाडेको छ । चितुवाको मारेको बाघलाई खाल्डोमा पुरेर नष्ट गरेको पौडेलले बताए ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय