नेपाली काग्रेसको १४ औं महाधिवेशन
पालिकामा भर्खरै सम्पन्न भएको निर्वाचनमा देउवा पक्षले गेरुवा,राजापुर,बढैयाताल र गुलरियामा नगर सभापति निर्वाचित सभापतिलाई आफ्नो रहेको दाबी गरेका छन् । बाँसगढी, बारबर्दिया र ठाकुरबाबा निर्वाचित सभापतिलाई पुरानो संस्थापन रहेको दाबी छ ।
रामप्रसाद चौहान
बर्दिया, असोज १२
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पालिका कार्यसमितिको लागि भएको निर्वाचनमा मंगलवारसम्म ७ वटा पालिका अधिबेशन मंगलवार बिहान नतिजा प्राप्त भएको छ । नगर कार्यसमितिका लागि भएका निर्वाचन सम्पन्न भएको छ । अधिबेशनको परिणाम हेर्दा पालिका सभापतिमा देउवा पक्ष बलियो देखिन्छ ।
जिल्लाको जेठो सदरमुकाम गुलरिया नगरसभापतिमा ईन्द्र यादव विजयी भएका छन् । गुलरिया नगरपालिका नगर प्रमुख देउवा खेमा बाट नगर प्रमुख मुक्तिनाथ यादवले समर्थनमा इन्द्र यादवलाई उठाएका थिए भने संबिधान सभा सदस्य तथा पुर्व मन्त्रीको समर्थनमा श्याम थारु उम्मेदवारी दर्ता गरेको कार्यकर्ता बताउँछन ।
ईन्द्र यादवले १ सय २६ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी श्याम प्रसाद थारु १ सय १८ मत प्राप्त गरेका छन् । यस्तै अन्य ६ वटा नगरपालिकाको पालीका अधिबेशन सम्पन्न भएको छ । राजापुर नगरपालिकामा नगर सभापतिमा देउवा खेमाका महेश थारु बिजयी भएका छन् । भारी मत बिजयी भएका थारुले प्रतिद्धन्द्धि बिष्णु थारुलाई पराजित गरेका छन् ।
नेपाली काग्रेसको बाँसगढी सभापतिमा लाहुराम थारु बिजयी भएका छन् । लाहुरामले प्रतिद्धन्द्धि बलिराम थारु भन्दा बढी प्राप्त गरे । लाहुराम पुरानो संस्थापनको भनेर चिनिन्छन ।बासगढी लोकप्रसाद शर्मा, बलिराम र लाहुराम विच प्रतिस्पर्धा भएको थियो ।
बढैयाताल गाउँपालिकामा भगत नेपाली विजयी भएका छन् । नेपालीले पुरानो संस्थापनका मान बहादुर बुढा पराजित गरे । नेपाली कांग्रेसका ठाकुरबाबा नगर सभापतिमा पदम खड्का विजयी भए । पुरानो संस्थापन पक्षका खड्काले प्रतिद्धन्द्धि बिपि खड्कालाई भन्दा बढि मत प्राप्त गरे । खड्कालाई संबिधान सभा सदस्य गौतमले उठाएका थिए ।
गेरुवा गाउँपालिका निरबिरोध प्रकाश रावल बिजयी भएका छन् । रावललाई देउवा पक्षले आफ्नो दाबी गरेका छन् । बारबर्दिया नगरसभापतिमा सुरेन्द्र बोहरा बिजयी भएका छन् । प्रतिद्धन्द्धि अमृत ढकाल बारबर्दिया नगरपालिका नगर सभापतिमा हारे । बोहरालाई गौतम पक्षको समर्थन रहेका थियो । सामाजिक संजालमा भोट माग्ने प्रतिस्पर्धा चलेको थियो ।
अब हुने प्रादेशिक, संघिय निर्वाचन सहमतिबाट नभइ निर्वाचनमा जाने निश्चित भईसकेको छ । जिल्ला सभापतिका लागि देउवा पक्षबाट अरुण राठोर अर्को पक्षबाट बिद्या खनाल प्रतिस्पर्धा हुने आँकलन छ । प्यानल विच भईरहेको भिडन्तले वडा स्तरका कार्यकर्ता देखि नगर प्रमुख र संबिधान सभा सदस्य सम्म पानी बराबरको माहोल बन्दै गएको छ ।
नेपाली काँग्रेसका भित्रको चुनावमा छिमेक छिमेक, टोल टोल, कार्यकर्ता विच सम्बन्ध टुट्न थालेको छ । मधुवन नगरपालिका क्रियाशिलको बिबादले नगर सभापति चयन हुन सकेको छैन ।