अबैध रुपमा उत्खनन् गर्ने दुई ट्याक्टरसहित चालक पक्राउ
मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११(फरकसमाचार)

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने दुई ट्याक्टरसहित चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया नगरपालिका–१ जोगीगाउँ बस्ने ३० वर्षिय बिमल सुनार र ३० वर्षिय थिरलाल बिकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरेको दुवै जना ट्याक्टर चालक हुन् ।

बारबर्दिया नगरपालिका–२ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई बारबर्दिया नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर