बर्दिया, असोज १३ (फरकसमाचार) / भन्सार छली अबैध रुपमा मोटरसाईकल र पशु चौपाया लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपीबाट खटिएका प्रहरी टोलीले भारतीय नम्बर प्लेट भएका मोटर साईकल र पशु चौपाया ल्याईरहेको अवस्थामा मंगलबार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार मुल्य रु १ लाख ५५ हजार बराबरको मोटरसाईकल र चौपाया बरामद भएको छ । बरामद मोटरसाईकल र चौपाया भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।