बेवारिसे अबस्थामा सामान बरामद
बुधबार, असोज १३, २०७८ मा प्रकाशित

बर्दिया, असोज १३ (फरकसमाचार) / भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बुधबार बरामद गरेको छ ।

प्रहरीले गुलरिया नगरपालिका–११ स्थित गणेशपुरबाट बेवारिसे सामान बरामद गरेको हो । मोटरसाईकल पार्टस्का सामान मुल्य रु ७ हजार ५ सय बराबर बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर