दलिय संक्रिय प्रतिनिधि शिक्षकलाई कारबाहीको चेतावनी
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

रामप्रसाद चौहान

बर्दिया, असोज १५

शिक्षा विकास तथा समन्वय ईकाईले सक्रिय राजनितिको कार्यकारी पदमा रहेका र दलिय अधिबेशनमा भाग लिएर सक्रिय राजनितिक गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेसका १४औं महाधिवेशनका लागि वडा र नगरमा क्षेत्रिय प्रतिनिधि भई पार्टीको कार्यकारी पदमा बस्ने शिक्षक नेतालाई ईगित गरी शिक्षा विकास तथा समन्वय ईकाईले प्रेश बिज्ञप्ती जारी गरी ऐनमा व्यबस्था भए अनुसार शिक्षक नेतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शिक्षक दलिय राजनितिमा सक्रियताले गर्दा सामुदायिक बिद्यालयमा पठन पाठन अबरुद्ध भएको उल्लेख गर्दै बिद्यालय सुचारु हुनु पर्ने इकाईले जारी प्रेश बिज्ञप्तीमा चेतावनी दिएको छ ।

बुधबार ‘शिक्षक नै नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि’ भन्ने शिर्षकमा फरक समाचार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बर्दियाको ध्यानाकर्षण भएको छ ।

जिल्ला स्थित विद्यालयमा शिक्षा पेशामा आवद्ध रहेका शिक्षक नै सक्रिय राजनितिमा लाग्दा विद्यालयको पठन पाठन प्रभावित भएको व्यापक चर्चा चलेको छ । जिल्ला भरिमा दलिय राजनितिक सक्रिय राजनितिमा ५० जना भन्दा बढि शिक्षक रहेको खुलेको छ ।

शिक्षक नै सक्रिय नेता बनेर हिड्दा विद्यार्थीको भविष्य कतातिर जाने विषय अन्योलता भएपछि व्यापक बिरोध भईरहेको छ । शिक्षक नै नेता बनी कार्यकर्ताको भिडमा समावेश भई नेपाली काँग्रेसको १४औं वडा अधिबेशन र पालिका अधिबेशनमा सक्रिय भई चासो देखाएका बिषय पुष्टि भएको छ । शिक्षक नेता भन्दा बढी चासो देखाउने कुराले विद्यार्थी र अभिभावक रुष्ट छन् ।

चौक चौराहमा व्यापक गुनासो सुनिदा शिक्षक नै नेता बनेर हिड्दा विद्यार्थीको भविष्य कतातिर गईरहेको विषयलाई मध्यनजर गरी फरक समाचारले प्राथमिकताकासाथ समाचार प्रकाशित गरेको थियो ।

समाचारले शिक्षा तथा समन्वय इकाईको ध्यानाकर्षण भई सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक, प्रारम्भिक बाल विकास सहजकर्ता र कर्मचारीलाई कारबाहीको जानकारी गराउँदै प्रेस विज्ञप्ती जारी गरेको छ ।

कुनै पनि शिक्षक पदमा आसिन बाहालवाला शिक्षक कर्मचारीले सक्रिय राजनितिमा भाग लिन नपाउने शिक्षा ऐन २०२८ (संसोधन सहित) को दफा १६‘ङ’को उपदफा ५ को ‘छ’ मा व्यवस्था भएको हुँदा सो को उलंघन गरी ऐन तथा नियमावलीमा भएको नियमको पालना नगर्ने शिक्षकलाई ऐन तथा नियमावालीमा भएको व्यवस्था बमोजिम कारवाही हुने उल्लेख गरिएको जारी प्रेस बिज्ञप्तीमा इकाईकी प्रमुख रेविका अमात्यले हस्ताक्षर गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय