बाख्रा पालनमा रमाएकी मीना
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

बर्दिया, असोज १५ (फरकसमाचार) / बर्दियास्थित गेरुवा गाउँपालिका–४, गोला तीनघरुवाकी ३५ वर्षीया मीना चौधरी बाख्रापालक किसान हुन् । प्राथमिक तहसम्म मात्र अध्ययन गरेकी उनलाई कसरी रोजगारी पाउन भन्ने चिन्ता छैन ।

लगानीको वातावरण नहुँदा उनी जस्ता युवा रोजगारीका लागि दैनिक भौतारिरहेका छन् तर उनी भने घर बसेर लाखौं कमाउँछिन् । कारण, उनको लगनशीलता र मिहेनत हो ।

‘समयमै मैले व्यवसाय गर्नुपर्छ भन्ने बुझेँ र काम पनि सुरु गरे,’ उनी भन्छिन्, ‘यदी व्यवसाय नगरेको भए आज पनि रोजगारी खोज्नेको भीडमा म पनि हुन्थ्येँ ।’ ‘तर आज मलाई रोजगारीका लागि भौतारिनु परेको छैन भने साँझ बिहानको छाक कसरी टारौं भन्ने चिन्ता पनि छैन,’ उनले भनिन्, ‘बाख्रापालनबाट आएको आम्दानीले गुजारा चलेको छ ।’

अन्य व्यवसाय भन्दा बाख्रापालनबाट राम्रो आम्दानी हुने र बजारमा मासुको माग अत्यधिक बढ्दै गएपछि बाख्रापालन व्यवसायमा जोडिएको उनी बताउँछिन् ।

उनले यसभन्दा पहिला परम्परागत ढंगले बाख्रा व्यवसाय गर्थिन् । जसले उनको व्यवसाय घाटा नगए पनि आम्दानी धेरै थिएन । उनको गाउँ बाख्रा स्मार्ट गाउँ भएपछि उनको व्यवसायमा ठूलो मद्दत पुग्यो ।

‘स्मार्ग गाउँ कार्यक्रमबाट मैले तालिम पाएँ,’ उनी भन्छिन्, ‘पिलर, तीन तार जाली तथा एउटा बोका पाएको र बाख्रा सम्बन्धी तथा दाना मिनिरल बनाउने, औषधि, घाँसको बीउ सहयोग पाएँ ।’ ‘यसले मेरो व्यवसायमा उत्साह मात्र थपेन,’ उनले भनिन्, ‘आम्दानीसमेत बढायो ।’

उही लगानीमा धेरै आम्दानी गरेको र व्यवस्थापन खर्चसमेत कम हुने गरेको उनी बताउँछिन् । अहिले आधुनिकरुपमा बाख्रापालन गर्दै गरेकी उनले यसलाई अझ थप व्यवस्थित र ठूलो फार्मका रुपमा विकास गर्ने लक्ष्य राखेकी छिन् ।

पहिला उनलाई खोर व्यवस्थापन ठूलो समस्या थियो । यसले खोर व्यवस्थापनमा सजिलो भएपछि बाख्रापालनमा सहजता भएको मीनाको भनाइ छ । पशुपालन कृषिक्षेत्रको एक अभिन्न अंग हुँदै आएको छ ।

यसको कूल गार्हस्थ उत्पादनमा २४ प्रतिशत योगदान छ । मासुको माग र आपूर्ति बढ्न थालेपछि किसानहरु बाख्रापालन व्यवसायमा आकर्षित हुँदै गएका छन् । गरिबी न्यूनीकरण गर्न बाख्रा व्यवसायले ठूलो योगदान पु¥याएको छ । जसले बहुसंख्यक युवालाई रोजगारी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय