बर्दियामा बेवारिसे अबस्थामा फेन्सी सामान बरामद
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

बर्दिया, असोज १५ (फरकसमाचार) / भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको फेन्सी सामान प्रहरीले बिहीबार बरामद गरेको छ । प्रहरीले बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट सामान बरामद गरेको हो ।

बरामद फेन्सी सामान मुल्य रु ७१ हजार ९ सय बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । भारतबाट अबैध रुपमा फेन्सी सामान ल्याई बेवारिसे अवस्थामा राखिएको अवस्थामा प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय