दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

काठमाडौं, असोज  १५ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।

समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।

समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।

भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर