बर्दियाको भादा नदीमा डुबी एक महिलाको मृत्यु
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

बर्दिया, असोज १५ (फरकसमाचार) / गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा डुबी एक महिलाको शुक्रबार मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन । भादा नदीमा अन्दाजी ५०/५५ वर्षकी महिला बग्दै गरेको जानकारी पाउनसाथ महिलाको उद्दार गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि थपुवा स्थितबाट महिलाको उद्दार गरेको थियो ।

प्रहरीले महिलाको उद्दार गरी उपचारको लागि जिल्ला अस्पतालमा पु¥याएको थियो । अस्पतालमा उपचारकै क्रममा महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । मृतक महिलाको शव जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर