रोकिएन कोरोना संक्रमण
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

बर्दिया, असोज १५ (फरकसमाचार) / जिल्लामा कोरोना संक्रमण दर पुर्ण रुपमा रोकिएको छैन । दिन प्रतिदिन धेरथोर संक्रमण पुष्टि भएको रेकर्डले पुष्टि गर्छ । शुक्रबार जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार २ सय ५६ पुगेको छ । त्यसैगरी शुक्रबार २ जना निको भएका छन् ।

निको हुनेको संख्या ६ हजार ९ सय ७० पुगेको छ । ७५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ७३ होम आईसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ११ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ३५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय १६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर