असोज १६ / नेपालका लागि बंगल" />
नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो
शनिबार, असोज १६, २०७८ मा प्रकाशित

काठमाडौं,असोज १६ / नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् । नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताए ।

उनले विराटनगर विमानस्थलबाट नेपाल–बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् । दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनको भनाई थियो ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय