यस अनलाईनका वि" />

आज – १७ आश्विन २०७८ आइतवार को राशिफल
आइतबार, असोज १७, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता, पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि हुनसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दबाब र तनाव बढेको महसुस हुनेछ । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक कार्य पनि अघि बढ्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर