अबैध घडीसहित एक पक्राउ
सोमबार, असोज १८, २०७८ मा प्रकाशित

बर्दिया, असोज १८ (फरकसमाचार)

अबैध घडीसहित प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–७ बस्ने ४२ वर्षिय रोजली धोबीलाई पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको घडीसहित गुलरिया नगरपालिका–६ स्थितबाट प्रहरीले धोबीलाई नियन्त्रणमा लिएको हो । धोबीको साथमा २० थान भित्तेघडी मुल्य रु १० हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बरामद घडी र धोबीसहितलाई कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय