अबैध सामानसहित ४ जना पक्राउ
मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित

बर्दिया, असोज १८ (फरकसमाचर)

अबैध सामानसहित ४ जना भारतीयलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले राजापुर नगरपालिका–६ टपरा स्थितबाट चार जनालाई नियन्त्रणमा लिएको हो । भन्सार छली अबैध रुपमा सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । चारै जनाले ४ वटा साईकलमा अबैध रुपमा सामान ल्याईरहेका थिए । प्रहरीका अनुसार फेन्सी, कस्मेटिक, तथा भाडाकुडा सामान मुल्य रु २० हजार बराबर बरामद भएको छ ।

त्यसैगरी प्रहरीले गुलरिया नगरपालिका–१० सुईया स्थित आइटेल सादा मोबाईल २० थान मुल्य रु २० हजार बराबर मोबाईल बरामद गरेको छ । प्रहरीले जम्मा मुल्य रु ४० हजार बराबरको सामान बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । बरामद सामानसहित मानिसलाई कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय