१२ बर्ष पछि कसरी पक्राउ परे फरार बिहारी ….
मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज  १९

अदालतले कैद वा जरिवाना फैसला गरेर फरार भएका अपराधी नियन्त्रणमा लिएको समाचार त दिनहु आईरहन्छ । तर, दशक अघि देखि पनि २० औ बर्ष कैद हुने फरार अपराधीलाई अझै फरार रहेको पछिल्लो समाचारले पुष्टि गरिरहेको छ ।

पहिलो घटना खटिक पक्राउ भएपछि प्रहरीको अथक मेहनत र प्रयासले सम्भव भएको आँकलन स्थानीय गरेका थिए । पुन १२ बर्ष पछि सम्म फरार रहेका बिहारीलाई प्रहरीले रणनितिक योजना अनुरुप पक्राउ गर्न सफल भएपछि स्थानीइ खुसी छन् । ‘ असम्भव केहि छैन भन्ने लाग्छ’बर्दिया प्रहरी प्रमुख ईश्वर कार्की भन्छन,‘ सिमित स्रोत साधन विच सफलता हात पर्दा हौसला प्रदान भईरहेको छ ।’

कहा पक्राउ परे फरार विहारी र खटिक

कर्तव्य ज्यानमा कैद फैसला भएका बिहारी घटना घटाए लगत्तै भाारत बस्दै आएका थिए । कहिले भारत र नेपालमा बस्दै आएका उनलाई प्रहरीको सहजतामा पक्राउ पर्ने सम्भावना थिएन । त्यहि कारण लामो समय कानुन तोडेर नेपालका अधिकांश ठाउँमा घुमे । बिहारी थारु निर्धक्क घर आउँने जाने खबर भएपनि कसैलाई वास्ता भएन ।

पछिल्लो समय सक्रिय भएको प्रहरीले उनको चलाखी माथी हाबी भएको पुष्टि गरेको छ । बर्दिया प्रहरी प्रमुख कार्कीले अख्तियार गरेको रणनितिक योजना अनुरुप असोज ८ गते सम्म ५२ जना फरार पक्राउ भएको रर्कडले पुष्टि गरेको छ । १२ बर्ष पछि पक्राउ परेका बिहारी प्रहरीको रणनितिक योजना फस्न सफल भएको एसपि कार्की दाबी गर्छन ।

यस अघि प्रहरीले १८ बर्ष पछि फरार क्रिपाराम खटिकलाई पक्राउ गरेका थिए ।बढैयाताल गाउँपालिकाका ३ का जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरेर हत्या गरेका खटिकको पनि नेपाल आउँ जाउँ चलिरहेकै थियो । भारतमा व्यबसायीक जिवन व्यस्त उनी प्रहरी रणनितिक योजनाको पासोमा परेका थिए । खटिकलाई पनि दुई दशकको अवधिमा पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ ।
गुजरानाका घिरउको हत्या आरोपि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया नगरपालिका–७ का राम बिहारी भन्ने बिहारी थारुलाई नियन्त्रणमा लिएको हो ।

गुलरिया नगरपालिका–२ गुजरानाका घिरउ गोडिया ०६६ साल पुस १५ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा थारुले धरिलो हतियार प्रहार गरि कर्तव्य गरेका थिए । प्रहरीको निरन्तर अनुसन्धानले थारु पक्राउ परेका छन् । प्रहरीले थारुलाई नेपालगंज उप–महानगरपालिका–१८ कारकादो चोक स्थितबाट आईतबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ । घटना पश्चात फरार थारु १२ वर्षसम्म दाङ र नेपालगंजमा घर बनाउने मिस्त्रीको रुपमा काम गर्दै बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय