बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता र एकको उद्दार
मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित

बर्दिया, असोज १८ (फरकसमाचार)

भारतबाट दशै मनाउँन घर फर्केका तीन जना मध्ये सोमबार एक जनाको मृत्यु, एक जना बेपत्ता र एकको सकुशल उद्दार गरिएको छ । बबई नदीको कुसुम्बाघाट स्थित पौडी खेल्ने क्रममा बाग्लुङ घर भएका ३४ वर्षिय हुकुम विकको मृत्यु भएको हो । बारबर्दिया नगरपालिका लेखनाथ पौडेल बेपत्ता भएको र विष्णु खनालको सकुशल उद्दार गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

तीनै जना भारतबाट कमाएर घर दशैं मनाउँन आएको खुलेको छ । बेपत्ता पौडेलको खोजी कार्य जारी छ । खोजी कार्यमा बबई नदि तटिय क्षेत्रमा व्यापक प्रहरी परिचालन भएको उपरीक्षक कार्कीले जानकारी दिए । भारतबाट फर्किएका तीन जना नदीमा पौडी खेल्न कसरी पुगेको खुल्न सकेको छैन । घटना बारेमा प्रहरीले थप अनुसन्धान बेपत्ताको खोजी कार्य भईरहेको उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय