चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ
मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित

काठमाडौं, असोज १९ / प्रहरीले चक्कु प्रहार गरी हत्‍या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्‍दै आउका ३५ वर्षीय प्रदिप लिम्बु रहेका छन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो।

बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ ।

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय