दुई बर्ष पछि नेपाल र भारतको सीमासम्म टाँगा सुचारु
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

रामप्रसाद चौहान

बर्दिया, असोज २०

नेपाल भारतको सीमासम्म आंशिक टागा मंगलबार देखि संचालनमा आएका छन् । दुई वर्ष देखि ठप्प भएका टाँगा आंशिक रुपमा संचालनमा आएका हुन् । यात्रु र टाँगा संचालक विच समन्वय नहुँदा गुलरिया र भारतको मुर्तीहा सीमासम्म चल्ने टाँगा पुर्ण रुपमा चल्न सकेनन् । ‘ लामो समय देखि ठप्प भएको टाँगा संचालन आए नआएको यात्रु पनि अलमल परेको टाँगा व्यबसायीले बताए ।

बैकल्पिक पेशामा अगालिसकेका टाँगा व्यबसायीले सीमा सम्म टाँगा संचालन हुने निर्णय उत्साहित भएका छन् । मंगलबार छिटफुट रुपमा यात्रु चलेको उनले बताए । विपन्न बर्गका टाँगा व्यबसायीको घरमा साँझ बिहानको खाना जोहो गर्ने एक मात्र टाँगा ठप्प हँुदा समस्या परेका व्यबसायी सरकारको निर्णयले पुनः रोजी रोटी तर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरे ।

टाँगा व्यबसायीको भरमा दुई सय घर परिवार आश्रित छ । लामो समय देखि टाँगा संचालन गर्न दिने भन्दै व्यबसायीले स्थानीय प्रशासन समक्ष माग राखेका थिए । पटक पटक स्थानीय प्रशासनले माथीको निर्देशन पछि टाँगा खुल्ने जवाफ दिने गरेको थियो । टागाँ व्यबसायी आफ्नो पेशामा फर्किने अब बिश्वास बढेको टाँगा यूनियनका अध्यक्ष रहिस अहमदले बताए ।

‘हामी धेरै उत्साहित भएका छौ’उनले भने,‘ लाखौ रुपैयाको घोडा पाल्न र परिवार पाल्न दुई बर्ष गाह्रो भयो ।’ कति दिन एक छाँकको भरमा रात दिन काटेको समेत उनले स्मरण गरे । सीमा सम्म चल्ने ४२ वटा टाँगा छन् । अधिकांश बिग्रिएको अवस्थामा मर्मत सम्भार गर्न थालेका छन् ।

२० वटा टाँगा मात्र तयारी अवस्थामा रहेको रेकर्ड फरक समाचारलाई प्राप्त भएको छ । पश्चिम क्षेत्रमा बषौं पहिल्य देखि गुलरिया देखि मुर्तीहा सम्म मात्र टाँगा चल्ने गर्छ । यसअघि पश्चिम नेपालका अधिकांश बोर्डरमा सीमासम्म आधुनिक किसिमका अटो रिक्सा व्यबसायी पलायन भएका छन् । टाँगा व्यबसायीलाई देखाएर पर्यटन भित्राउँन सकिने समेत अहमदले बताए ।

टाँगा चढनु अब नौलो कुरा भएको उल्लेख गर्दै व्यबसायी पलायन हुनबाट रोकेर पर्यटनसँग जोड्न सकिन अहमद बताउँछन् । सीमासम्म आवागमन पुर्ववत अवस्था जस्तै सहज भएको सशस्त्र प्रहरी प्रमुख नर बहादुर रावतले बताए । ‘सीमा आवागमन पुर्ववत जस्तै गर्नु पर्ने निर्देशन छ’रावतले भने,‘पहिला जस्तै गरी सीमा आवागमन गर्न सकिन्छ ।’यात्रुको आवागमन असहजता भएमा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी समन्वयको भूमिका निभाउँने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय