धान तथा गहुँको नाममा रु ३७ लाख ४७ हजार ५ सय ८५ ठगी गर्ने दुई पक्राउ
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

बर्दिया, असोज २०(फरकसमाचार)

धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाई ठगी गरी फरार रहेका दुई जनालाई बर्दिया प्रहरीले मंगलबार पक्राउ गरेको छ । जिल्ला कैलाली टिकापुर नगरपालिका–४ अस्नेरी बस्ने ललित खड्का र जिल्ला बाँके कोहलपुर नगरपालिका–३ मदन चौक बस्ने महेश रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुवै जनाले धान तथा गहुँको कारोबार गर्ने बहानामा रु ३७ लाख ४७ हजार ५ सय ८५ ठगी गरी फरार रहेका थिए । बर्दिया प्रहरीले दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय