प्रबिधि मैत्री किसान महामारीमा सफल
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

परम्परागत खेती किसानीमा अभ्यस्त किसान प्रबिधि मैत्री हुदा कोभिड जस्तो महामारी सजिलै परास्त गर्न सकेका हुन् ।

फरकसमाचार

बर्दिया, असोज १९ / हरेक संकटमा अवसर पनि लुकेको हुन्छ भन्ने उत्ति छ । यस्तै उक्ति बाँके र बर्दिया किसानले चरितार्थ गरेको पाईएको छ । महामारी प्रबिधि मैत्री किसान सफल भएका छन् । कोभिड–१९ को महामारीमा भएको बन्दाबन्दीका कारणअरु धेरै पेशाकर्मी झैं किसान पनि गम्भीर मारमा परे । किसानहरुले समयमै मल र विउ पाएनन्, भएको उत्पादन बजार पुग्न नसक्दा ठूलो नोक्सान हुन पुग्यो भने बालीमा रोगकिरा राग्दा विज्ञको सल्लाह लिन पाएनन् ।

तर, यही अप्ठेरोमा पनि बाँके र बर्दियाका केही किसान समूहले भने नयाँ प्रविधि तथा उपाय अवलम्बन गरेर संकटको सामना गर्ने साहस देखाएका छन् । मधुवन नगरपालिका–४ का राम सुदेश थारु संकटमा अवसर खोज्नै तिनै किसान मध्येका एक हुन् । कोरोना महामारीमा रोजगारी गुमेपछि भारतबाट घर फिरेका उनले गाउँको खेत बाँझै देखे । महामारीका कारण खेतमा काम गर्ने जनशक्ती जुट्न सक्ने अवस्था थिएन । त्यही मौकामा उनले केही ऋण गरेरै भए पनि टिलर मेसिन किने र खेतहरु जोत्न थाले । परिणाम के भयो भने, रामसुधनले भारतमा वर्षभरी कमाउने पैसाभन्दा दोब्बर रकम गाउँ घरमा एक सिजनमै कमाए ।

‘एकातिर मैले रोजगारी पाएँ अर्कातिर गाउँका जमिन आवाद भए’ उनी भन्छन्, ‘कोरोनाले दिएको दुःखले आखिर मलाई त फाइदै पुग्यो ।’ युएसएडले उनलाई मिसिन चलाउने र बिग्रेमा आफैं मर्मत गर्न सक्ने तालिम पनि दियो । यसले गर्दा सुदेशको हौसला अहिले झनै बढेको छ । उनी झैं रोजगारी गुमाएर फर्की आएका अन्य युवायुवतीलाई पनि खेत खनजोत गर्ने तथा बालि काट्ने मेसिन किनेर स्वरोजगार भएका छन् ।
‘घरमै यसरी आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएको भए म कहिहल्यै विदेश जाने थिइन’ सुदेशलझेै टिलर किनेर मनग्य कमाइ गर्न थालेकी राप्ती सेनारी गाउँपालिका बाँकेकी ३५ वर्षिया सावित्रा थारु भन्छिन्, ‘अवसर त दैलोमै रहेछ ।’

कोभिडको दुःख आइनलागेको भए अहिले पनि सावित्रा हरियाणामै घाँस काट्ने काम गर्दे महिनाको आठ दस हजारमा चित्त बुझाएर बसिरहेकी हुन्थिन् सायद । तर, महामारीले जागिर गुमेपछि घर आएपछि उनले गुमेको त्यही अवसरको सदुपयोग गर्न थालेकी छन् ।

सुदेश र सावित्राहरु एउटा उदाहरण मात्रै हुन्, अरु थुप्रै किसान र किसान समूहले पनि संकटलाई अवसरमा बदल्न नयाँ तरिकाहरु प्रयोग गर्न थालेका छन् । उदाहरणका लागि बर्दियास्थित बढैयातालका किसानलाई नै लिऊँ । अचेल यहाँका किसानका सयौं हेक्टर जमिनमा मसिनो धान बाली लहलहाउँदो गरी हुर्किरहेको छ । स्थानीय चामल व्यापारी राधाकृष्ण मिलका साहु हिमालय त्रिपाठी यो धानबाली देख्दा मख्ख छन् किनभने पाकेपछि यो उनकै मिलमा बेचिनेछ । नेपाली जिब्रोले मन पराएको मसिनो चामल उनको मिलले उत्पादन गर्न सकिरहेको थिएन, किनभने किसानहरु लगाउन सजिलो हुने हुँदा मोटो धान रोप्ने गर्थे । लकडाउनका बेला त्रिपाठीले किसानहरुलाई घरदैलोमै पुगेर भेटे ।

बन्दाबन्दीले गर्दा उनीहरुले धानको विउ पाउन सकिरहका थिएनन् । बढैयाताल नगरपालिकासँग मिलेर उनले मसिनो धानको २५ मेट्रिक टन विऊ १ हजार किसानका घरमा पु¥याए । मसिनो धान लगाउनलेलाई बालीको उचित स्यहार गर्न जेटिएदेखि अन्य कृषि प्राविधिक पनि उनले नै व्यवस्था गरिदिए । अनि समय समयमा किसानको मोबाइलमा एसएमएस पठाएर बालीका बारेमा आवश्यक जानकारी पनि पठाउने गर्न थाले ।

‘यसले के फाइदा पुग्यो भने मलाई व्यापार गर्न मनग्ये चामल मिल्यो, किसानलाई पहिलेभन्दा बढी भाउमा धेरै धान फल्यो’ उनले भने, ‘यही हिसाबले किसानहरु अघि बढे भने म भारतीय चामललाई हाम्रै किसानको चामलले विस्तापित गरिदिन सक्छु ।’

ती सब किसानसँग मोटोधानभन्दा प्रति क्विन्टल ७ सय बढी तिरी २७ सयमा उनी मसिनो धान किनिदिन्छन् । गल्ला भनेर चिनिने धान व्यापारी विचौलीलालाई दिने पैसा सिधै किसानलाई दिन पाएकामा उनी खुसी छन् भने अर्कातिर किसान पनि उही खेतबाट दोब्बर धान फलाएर बढ्ता मूल्य लिई नगदै बेच्न पाउँदा झनै खुसी छन् ।

युएसएडको किसान–२ परियोजना कार्यक्रमले मिल व्यापारी र धान उत्पादक बीचको यो सेतुलाई जोड्ने काम गरेको थियो । यसले छोटो समयमै चामत्कारिक नतिजा देखाएपछि अन्य प्रदेशका सरकारले पनि किसान–व्यापारी बीचको संयुक्त उत्पादनलाई जोड दिने भएको छ ।
लकडाउनको प्रभावबाट उत्पादनमा परेको असर कम गर्न परियोजनाले कृषी प्रविधसम्बन्धी भिडियो बनाएर किसानलाई इन्टरनेट मार्फत पठाइदिने देखि कृषी उत्पादनको बजारीकरण अनलाइन मार्फत गर्ने र उत्पादन भएका तर बजारमा पुग्न नपाएका फलफूल, तरकारी जस्ता छिटै कुहिने उत्पादनलाई जोगाइ राख्न चिस्यान केन्द्रको निर्माण गर्ने कामसमेत थालेको थियो जो अहिले पनि जारी छ ।

त्यस्तै, कृषि सामग्रीको व्यापार गर्ने एग्रोभेटहरुँसँग बैंक तथा डिजिटल वालेट सेवा प्रदायकसँग सहकार्य गरी किसानले विद्युतीय भुक्तानी गरेर आवश्यक पर्ने मल, विउ र कृषी औजारहरु किन्ने व्यवस्था परियोजनाले सुरु गरेको थियो । यसले गर्दा आफ्नो पेशागत गतिविधि सजिलो र काम छरितो हुन पुगेको अनुभव किसानले गरेका छन् ।

‘डिडिटल भुक्तानी गर्ने कामले हामीलाई काम गर्न निकै सजिलो भएको छ’ बर्दियाकी किसान कल्पना रावत भन्छिन्, ‘संकटले पनि धेरै कुरा सिकाउँदो रहेछ ।’

महामारीको समय सुरु भएका यी नविनतम गतिविधिले किसानको जीवनमा केही सकारात्मक असर पारेको देख्दा आफूलाई खुसी लागेको युएसएडका कार्यालय निर्देशक जेसन सुकले बताए ।

‘संकटका बेला गरिएको प्रयासले साँच्चै नै आसाजनक उपलब्धीहरु देखाउन थालेको छ’ लुम्बिनी प्रदेशका किसानलाई हालै तिनको घरदैलोमै पुगेर भेटेपछि उत्साहित भएका सुक भन्छन्, ‘कृषीलाई आत्मनिर्भर बनाउने र किसानका उत्पादनलाई बजारसम्म पु¥याउने गरी भएका राम्रा अभ्यासलाई नेपाल सरकारले देशै भर लागू गराउन पर्ने मैले देखेँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय