बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु, १० घाईते
बिहिबार, असोज २१, २०७८ मा प्रकाशित

बर्दिया, असोज २१ (फरकसमाचार) / ठाकुरबाबा नगरपालिका–३ दम्की स्थित दुर्घटना हुँदा एकको मृत्यु र १० जना घाईते भएका छन् । मधुवन नगरपालिका–५ बस्ने ८० वषिय रुप्सी कुमालको मत्यु भएको हो । नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कुमालको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–७ बस्ने ७० वर्षिय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९ वर्षिय मनिराम थारु, वडा नम्बर ४ बस्ने ६४ वर्षिय नर प्रसाद काफ्ले, १८ वर्षिय सनम थारु, राजापुर नगरपालिका–४ बस्ने ६१ वर्षिय खुशीराम थारु, मधुवन नगरपालिका–५ बस्ने ७५ वर्षिय धनिराम कुमाल, वडा नम्बर ६ बस्ने २३ वर्षिय सोनम बिक, वडा नम्बर ९ बस्ने २० वर्षिय आशिष थारु, ठाकुरबाबा नगरपालिका–३ बस्ने ५४ वर्षिय भुन्टि थारु र बाँके नेपालगंज उपमहानगरपालिका–२ बस्ने ३० वर्षिय भावना केसीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–३ दम्की स्थित भुरिगाउँबाट गुलरिया तर्फ आउँदै गरेको भे.१.ज.८७९ नम्बरको बलेरो जिप साईकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो । बलेरो अनियन्त्रित भई सडक देखी १७ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात चालक फरार भएका थिए ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । सुर्खेत घर भई हाल ठाकुरबाबा नगरपालिका–३ बस्ने चालक पहर सिंह बडवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय