प्रहरीद्वारा मठमन्दिरको सरसफाई
शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

बर्दिया, असोज २२ (फरकसमाचार) / विजयादशमीलाई मध्यनजर गरी प्रहरीले जिल्ला स्थित रहेका मठमन्दिरको सरसफाई गरेका छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट प्रहरी टोली खटि मठमन्दिरको सफाई गरेका हुन् । प्रहरीले सुरक्षा दिनुका साथै धार्मिक काममा चासो देखाएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–४ स्थित रहेको कोटही मन्दिरको परिसर सरसफाई गरेको छ । प्रहरीले बुधबार गुलरिया नगरपालिका–७ स्थित बंगलामुखी मन्दिरको परिसर सफाई गरेको थियो ।

हिन्दुहरुको महान् चाडमा प्राय मठमन्दिरमा पुजाअजा गर्ने भक्तजनको चहल पहल बढेको छ । त्यसै गरी ईलाका प्रहरी बानियाभारको प्रहरी टोलिले बारबर्दिया नगरपालिका–३ स्थित रहेको शिव मन्दिर, ईलाका प्रहरी कार्यालय मोतिपुरको टोलिले बाँसगढी नगरपालिका–३ मा रहेको केदारेश्वर धाम, ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको टोलिले मधुबन नगरपालिका– ८ स्थित रहेको बिजय कालिका मन्दिर र प्रहरी चौकी धनौराको टोलिले मधुबन नगरपालिका–३ स्थित रहेको बालकुमारी मन्दिर परिसर सरसफाई गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय