आर्टका धनी मुरली दाई !
शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

बर्दिया, असोज २२ (फरकसमाचार) / आर्ट कलामा अर्को नाम हो मुरली गोडिया । गुलरिया ७ मा बसोबास गर्ने साँस्कृतिक र सामाजिक सस्कृति झल्कने मुर्तीकार रुपमाा सायदै कमै मानिस होलान । चार दशक अघिबाट उनी आर्ट पेशामा लागिपरेका पनि छन् । उनले बनाएको आर्ट यति सभ्य र भव्य हुन्छ कि जो कोहि छुन लालाहित हुन्छ । अब्बल मानिन्छन् ।

आर्टका धनी मुरली दाई यतिबेला मुर्ति बनाउन अडर लिएको ठाउँमा मुर्ति दिन व्यस्त छन् । गुलरिया नगरपालिका–७ का मुरली गोडियाले आफैले आफ्नै घरमा बनाएको मुर्ति दिन व्यस्त भएका हुन् ।

उनी विगत ३८ वर्षदेखि मुर्ति बनाउने व्यवसायीक पेशालाई निरन्तरता दिईरहेका छन् । उनले बनाएको मुर्ति लिन जिल्ला स्थित तथा छिमेकी जिल्लाबाट समेत आउँने गरेका छन् । घटस्थापनाको दिन मन्दिर वा चौकमा राखिने दुर्गा माताको मुर्ति लिन आउँने भक्तालुहरुको घुँईचो छ । मुरलीले बनाएको मुर्ति ट्याक्टरमा राखेर जय माताको नारा लगाउँदै भक्तालुहरुले लैजाँदै गरेको दृश्य दशै नजिकिएको छनक दिएको छ । मुर्ति बनाउन आफुले पाएको अडर समयमा मुर्ति तयार गर्न उनी बिगत तीन महिना देखि रातदिन निरन्तरता दिएको बताए ।

गोडियाले मुर्ति बनाउँन माटो, बाँस पराल, सुतली प्रयोग गर्छन् । बनाएको मुर्ति रङरोगन गर्न र श्रृङ्गार पटार गर्नसमेत गोडिया माहिर मानिन्छन् । पहिला देखि चलि आएको मुर्ति राख्ने धार्मिक परम्परालाई गोडियाले जोगाएको स्थानीयले स्मरण गर्छन् । आर्टस कलामा गोडिया अब्बल मानिन्छन् । आफ्नै जिल्लामा मुर्तिकार नभएको भए अन्तै टाढाबाट मुर्ति ल्याउने बाध्यता हुन्थ्यो । तर, गोडियाको मुर्ति बनाउने अब्बल कलाले गर्दा जिल्लावासी अन्तै मुर्ति लिन जान परेको छैन ।

गोडियाको कलाले जिल्लावासीले सुखद महसुस गरेका छन् । यस वर्ष विजयादशमीको अवसरमा मन्दिर चौक चौराहामा राख्ने मुर्ति २७ ठाउँको अडर पाएको जानकारी दिए । उनले बनाएको मुर्ति जिल्लावासीले धेरै नै रुचाएको स्थानीयले बताउछन् ।
परम्परा देखि नै हिन्दुहरुले विजयादशमीको अवसरमा विभिन्न मन्दिर र चौक चौराहामा दुर्गा माताको मुर्ति राख्ने गर्छन् । मुर्ति राख्ने चलन पहिला देखि नै चल्दै आएको छ । घटस्थापनाको दिन राखिने दुर्गा माताको मुर्ति नौ दिनमा धुमधाम बिर्सजन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय