यस अनलाईनका विज्ञ" />

आज – २३ आश्विन २०७८ शनिवार को राशिफल
शनिबार, असोज २३, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता ,पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भोज र मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबार पनि राम्रै सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय