बर्दियामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, असोज २३, २०७८ मा प्रकाशित

बर्दिया, असोज २३ (फरकसमाचार) / जिल्लामा थप ११ जनामा कोरोना संक्रमण शनिबार पुष्टि भएको छ । ६ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ३ सय ४७ पुगेको छ । त्यसैगरी शनिबार ५ जना निको भएका छन् । निको हुनेको संख्या ७ हजार ३१ पुगेको छ । १ सय १ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ९७ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १५ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय