राम प्रसाद चौहान
बर्दिया, असोज २४
सितला बजारमा भएको व्याडमिण्टन प्रतियोगितामा बर्दिया प्रहरी टिम प्रथम भएको छ । शनिबार भएको फाईनल प्रतियोगितामा प्रहरी टिमका प्रहरी सहायक निरीक्षक राम बहादुर शाही र प्रहरी जवान राजेश चौधरीको जोडी प्रथम भएको हो । प्रतियोगितामा सहभागिता जनाएका ३२ टिमलाई पराजित गरि प्रहरी टिमको जोडी प्रथम भएको छ ।
प्रतियोगितामा प्रथम भई प्रहरी टिमले रु २५ हजार पुरस्कार जितेको छ । प्रहरी टिमलाई हौसला प्रदान गर्न प्रहरी प्रमुख ईश्वर कार्की र डिएपी हेम बहादुर शाही खेल मैदानमा पुगेका थिए ।
त्यसैगरी प्रतियोगितामा गुलरियाका अनुपम न्यौपाने र सचिन चौधरीको जोडी दोस्रो भएको छ । दोस्रो हुने टिमलाई आयोजकले रु १५ हजार पुरस्कार उपलब्ध गराएको आयोजक समितिका सल्लाहकार मनोज लामिछानेले बताए ।
राईजिङ कालिका युथ क्लब सितला बजारले आयोजना गरेको ब्याडमिण्टन प्रतियोगिता सोमबार सुरु भई शनिबार फाईनल खेल भएको थियो । प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका थिए । जसमा बाँके र दाङ जिल्लाबाट आठ वटा टिम प्रतियोगितामा सहभागिता जनाएका थिए ।
हिन्दुहरुको महान् चाड विजयादशमीको अवसरमा ब्याडमिण्टन खेल प्रतियोगिता आयोजना गरिएको थियो ।