काँग्रेस नेता गौतम भन्छन् ः ‘जिते आफैले जिते, नजिते आरोप’
आइतबार, असोज २४, २०७८ मा प्रकाशित

बर्दिया, असोज २४

नेपाली काँग्रेसका नेता तथा माननिय संजय गौतमले जारी १४ औं महाधिबेशनमा बिबेक प्रयोग गरेर सहि नेतृत्व चयन गर्न कार्यकर्तालाई अग्राएका छन् । महाधिबेशनबाट केहि नयाँ साथी आईसकेको उल्लेख गर्दै बाँकी हुने निर्वाचन सहि नेतृत्व चयन गर्नु पर्ने उनले बताए ।
गुलरिया नगरपालिकाको–४ को कार्यालय उद्घाटन कार्यक्रममा १४औं महाधिवेशन प्रसंग कोट्याउदै बिबेक प्रयोग गरेर सहि नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्ने क्रममा व्यग्य गर्दै नेता गौतमले वडा र नगरमा निर्वाचित विजय भएकालाई कार्यक्रममा नदेखिएको ईगित गर्दै पराजय भोग्नेले मलाई आरोप लगाउँनु दुर्भाग्य भएको औल्याए ।

‘जित्नेले मैले गर्दा जितेको भन्ने सुन्दिन, बिजयीले आफै जितेको हुँ भन्नु हुन्छ’उनले भने,‘ तर हार्नु भएकाले मलाई दोषि देख्नु हुन्छ, यस्ता वाईहात कुराले नेतृत्वलाई विचलित गर्छ ।’

महाधिबेशन पछि तुरुन्त स्थानीय तह र अन्य निर्वाचन जान पर्ने बिषयलाई उल्लेख गर्दै व्यक्ति ठूलो नहुने र संस्था ठूलो भएकाले राष्ट्रिय राजनितिमा राम्रो दिशामा नगाएको नयाँ नेतृत्वले सम्हालिएर लैजान पर्ने बेला आएको उनले बताए ।

जनताको आशा अनुरुप काम गर्न नसकेको र संबिधानको चुरोलाई बिर्सेर राम्रो बाटोमा नजाने नेतृत्व तहलाई ईगित गर्दै पार्टी बिधि र पद्दतिबाट चले मात्र सफल हुने उनले बिश्वास दिलाए ।

संबिधानलाई मिचेर नेतृत्वले काम गर्न थालेपछि पछिल्ला निर्वाचन घातक हुन सक्ने उनले औल्याए । ‘हामीहरुको लागि यो अधिबेशन जिवन मरणको प्रश्न हो’उनले भने ‘आग्रह र पुर्वाग्रह नराखेर बिबेक प्रयोग गरेर नेतृत्व चयन गर्नु हुन्छ भन्ने विश्वास छ ।’ यति बेला पार्टी सबै भन्दा अफ्ठ्यारो क्षणबाट गुज्रिएको स्मरण गराउँदै नेपाली काँग्रेसको त्याग र बलिदानले व्यबस्था फेरिएपनि अन्य कुरा फेर्न नसकिएको समेत नेता गौतमले खुलाए ।

अधिबेशनले सहि नेतृत्व चयन गरेर नेपाली काँग्रेसलाई कसरी मजबुत बनाएर नयाँ आयम ल्याउँनु पर्ने कुरा सोच्ने बेला आएको उनले स्मरण गराए । जनताको न्यायको पक्षमा काम गर्न पर्ने उनले औल्याए ।

‘आफ्ना पार्टीकालाई मात्र सेवा सुबिधिा नदिएर सबै जनता भएकाले न्यायोजित बितरण गर्नु पर्नेमा उनले बिशेष जोड दिए । सांसद र मेयर जो कोहि भएपनि पदको दम्भ नगरेर जनतालाई न्याय दिनका तल्लिन हुन पर्ने उनले जिकिर गरे ।

पार्टी भित्र आन्तरिक कलह, झगडा र बिद्रोह भएकाले आफु अनुकुल व्याख्या गर्न नसकिएको भन्दै नव काँग्रेस निर्माण गरेर आकार दिनु पर्ने धारण राखे । नेता गौतमले चाड पर्व संघारमा रहेको बताउँदै दशै, दिपावली छठ र क्रिस्चियन धर्मावलम्बीको क्रिसमस पर्वको शुभकामना दिए ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय