हिलाम्मे बाटोमा डल्लापुरका नागरिकलाई हिड्न कहर
आइतबार, असोज २४, २०७८ मा प्रकाशित

दल बहादुर सुनार

बर्दिया, असोज २४

स्थानिय सरकारका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र पहुँच भएका नेताका घरदैलोमा बिकासका लहर तर डल्लापुरका नागरिकलाई भने हिले बाटोमा हिड्न कहर भएको छ ।

ब्यबस्था बदलियो सरकार बदलियो तर, गुलरिया नगरपालिका–११ डल्लापुर गाउँको अवस्था भने कहिल्यै बदलिएन । स्थानिय अगुवा भन्छन् ‘हामीले थाहा पाए अनुसार हाम्रा बाउ बाजे यहि जन्मे यहि मरेका हुन रे धेरै पुस्ता देखि बस्दै आएको डल्लापुर गाउँ बाजेको पालामा जस्तो बाटो थियो अहिले पनि त्यस्तै छ ।

झण्डै १ सय ५० घर धुरी भएको डल्लापुर गाउँ नेपालगंज गुलरिया हुलाकी सडक देखि करिब तिन सय मिटर उत्तरमा अबस्थित छ । बर्खाको बेला गाउँमा जाने बाटो छैन । कच्चि बाटो र बाटोमा पानी जमेकोले पैदल हिड्न पनि समस्या भएको स्थानिय राजेन्द्र प्रसाद यादब बताउछन् ।
बर्षातको समयमा पानीको निकास नहुँदा घर भित्र पानी पस्ने समस्या, अहिले पनि स्कुले बालबालिका घर देखि स्कुल जादा बाटोमा पानी जमेको हँुदा साना बालबालिकालाई बोकेर तार्नु पर्ने अवस्था भएको स्थानिय युवा राकेश सोनकर बताउछन् ।

यादब र सोनकर समुदायको बाहुल्यता भएको डल्लापुर गाउँमा करिब ९५ प्रतिशको कृषि तथा पशुपालन मुख्य पेसा भएको बताउदै बाटोको समस्याले उत्पादन भएका दुध लगाएतका बस्तु हुलाकी सडकसम्म ल्याउन समस्या भएको स्थानिय रामु खटिक बताउछन् ।
सबै गाउँमा मोटर गुड्ने बाटो बन्यो तर हाम्रो गाउँमा राम्रोसंग पैदल हिड्ने बाटो बन्न नसकेको गुनासो गर्दै यो गाउँको लागि आएको बजेट नेताहरुले आफ्नो ठाउँमा लगेको एक स्थानिय बताउछन् ।

स्थानिय युवा सोभाराम सोनकर भन्छन्, ‘गाउँमा कोही बिरामी भएको बेला एम्बुलेन्स आउने बाटो छैन नत अटो रिक्सा नै गाउँको अवस्थाको बारेमा सबैलाई थाहा छ पटक पटक कुरा राख्दा गुलरिया नगरपालिका–११ का वडा अध्यक्ष रामनारायण प्रसाद केशरीले बेवास्ता गरेकोे उनको गुनासो छ ।
बर्दिया जिल्लाको ८ पालिका मध्येको गुलरिया नगरपालिका–११ डल्लापुर गाउँ यस्तो गाउँ हो जहाँ बाटोको सुबिधा नभएको कारण शिक्षा र स्वास्थ्य सेवाबाट स्थानीय बञ्चित स्थानीयको गुनासो छ ।
चुनाबको बेला नेताहरुले बाटो बनाउने आश्वासन दिएका थिए । तर, कार्र्यकाल अवधि सकिन लाग्दा पनि बाटो बनेन । नेताहरु आफैले दिएको आश्वासन पुरा नगर्दा अगामी चुनावमा भोट माग्न यस गाउँमा कुन मुख लिएर आउँछन् यति बेला चर्चा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय