कर्णाली नदीमा डुंगा पल्टिदा एक बेपत्ता
आइतबार, असोज २४, २०७८ मा प्रकाशित

सुर्खेत, असोज २४ / कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन्।

सुर्खेतको चौकुने गाउँपालिका र  कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन्। डुंगा पल्टिदा चौकुने – १० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।

उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो। डुंगामा पाँच सवार थिए । अनिता बाहेक सबैको सकुशल रहेछ छन्। घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय