रुपन्देहीको मोतीपुरमा गोली चल्यो, कम्तीमा पाँच जना घाइते
आइतबार, असोज २४, २०७८ मा प्रकाशित

बुटवल, असोज २४ / रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा आइतबार दिउँसो गोली चलेको छ। प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन्।

केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन्।

आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको थियो। औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

‘प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन,’ प्रजिअ तिवारीले भने,‘ अहिले अवस्था नियन्त्रणमै छ।’

औद्योगिक क्षेत्रमा रहेकाहरूले भने प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति आएको र प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते भएको बताएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय