कोरोना पछि दशंैको व्यबसाय पनि चौपट
सोमबार, असोज २५, २०७८ मा प्रकाशित

बजारमा भीडभाड पनि कम, किन बेच पनि कम

रामप्रसाद चौहान

बर्दिया,असोज २५

कोरोना भाइरस संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाँडबाँडका कारण केही चमक थपिएको छ । तर व्यबसाय भने कम भएको व्यबसायीको भनाई छ । पहिलेका जस्तो चाडबाडमा रौनक नभएको उनीहरु गुनासो गर्छन् । गुलरिया भन्सार रोडका फेन्सी संचालक हम्जा अहमद व्यापार नहुँदा वाक्क दिक्क भएको गुनसो गरे ।‘ सामान बिक्रि चाडबाडमा समेत हुने देखिएन’उनी भन्छन‘ ग्राहक कुरेर बस्दा दिन बितिरहेको छ ।’

दैनिक उपभोग्य बस्तुदेखि लत्ताकपडाको भाउ बढेको नागरिकको गुनासो छ । मुल्य बढ्दा सोचेजस्तो कमाइ हुन नसकेको व्यवसायीको भनाई छ । चाँडबाँडका बेला समेत गुलरिया मधुवन, राजापुर, मगराढीको जयनगर, गेरुवाको शान्तिबजार बजार सुस्ताएको छ ।
‘बाहिर भीडभाड देखिन्छ ।

तर, व्यवसायीको भित्रि अवस्था कमजोर छ । किनकी सोचे झै व्यवसाय अझै भएको छैन,’ निशा जनरल स्टोर्सका कृष्ण मैनालीले भने, ‘बाहिरको हिडडुलको भीडभाडले त व्यवसाय राम्रो भएको देखिन्छ । तर, भित्रि अवस्था भने त्यस्तो छैन ।’

बजारमा फेन्सी सामानको मुल्य १५ देखि २५ प्रतिशतसम्म बढेको छ । ग्राहकको क्रयशक्ति कमजोर भएको बेला सामानको मुल्य बढ्दा किनमेलमा असर पर्ने गरेको छ । ‘आशा गर्न लायक समय बनेको छ । तर, व्यवसाय भने सोच झैं हुन सकेको छैन,’ अर्का एक व्यबसायीले उनले भने, ‘कोरोना कमजोर भएकोले आशावादी छौ । तर, अहिले सोचे झैं व्यापार छैन ।’

उपभोक्ता पनि महंगी बढ्दा सामान किन्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘सामान्य सामानको मुल्य अरुबेला भन्दा निकै नै महंगो भएको छ,’ बिना सुवेदीले भनिन, ‘अरुबेला भन्दा महंगो भएपछि किन्ने आँट आएन ।’

उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले व्यबसायीले पनि व्यापार सोचेजस्तो हुन नसकेको बताउँछन् । कोरोनाको त्रास पोहोर भन्दा घटेकोले केही चहलपहल बढेको भएपनि व्यवसायमा सोचे झैं हुन नसकेको उनले बताए ।
अरु क्षेत्रमा व्यवसाय गरिरहेका कतिपय व्यक्ति कोरोनाले गर्दा बिस्थापित भएपछि उनीहरु फेन्सीमा भित्रिएका छन् । त्यसले गर्दा फेन्सी व्यवसायमा व्यवसायीबीच प्रतिश्पर्धा बढिरहेको छ । नयाँ व्यवसायी थपिँएसँगै बजार पनि फराकिलो बन्दै गएको उनले बताए । तराईमा धान उत्पादन तयारी अवस्थामा भएपनि किसानले बिक्रि गर्न सकेका छैन । किसानले धान बिक्रि गरेपछि बजारमा किनमेल बढ्ने अनुमान व्यबसायीले गर्छन । ‘ग्राहकसँग पैसा छैन,’स्थानीय समिम अन्सारीले भने‘धान बिक्रि भएपछि ग्राहक बढ्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय