बर्दियामा बाघको आक्रमणबाट एक बेपत्ता
सोमबार, असोज २५, २०७८ मा प्रकाशित

बर्दिया,असोज २५ (फरकसमाचार) / बाघले आक्रमण गरी एक जनालाई बेपत्ता पारेको छ । गेरुवा गाउँपालिका–४ ढुकुनियामा सोमबार पाटेबाघले आक्रमण गरी जनक बहादुर थारुलाई बेपत्ता पारेको हो ।

बेपत्ताको खोजी कार्यमा हात्ती जाँदै गर्दा जंगली हात्तीको समूहले बाटो छेक्दा खोजी कार्यमा खटिएका हात्तीको बाटो डाइभार्ट भएको निकुञ्जका सुचना अधिकारी अशिम कुमार थापाले जानकारी दिए ।

बेपत्ता थारुको खोजी कार्य तिब्र पारिएको छ । खोजी कार्यमा निकुञ्जको ओखारिया पोष्ट र बन्जरिया रेन्जपोष्टका कर्मचारी र नेपाली सेनाका टोली परिचालन भएको निकुञ्जले जनाएको छ । हात्ती सहितको टोली खोजी कार्यमा खटिएको छ । अहिलेसम्म शव फेला नपरेको जानकारी गराउँदै राती भएपनि खोजी कार्य जारी रहेको सुचना अधिकारी थापाले जानकारी दिए ।

गत आर्थिक वर्षमा १२ जना र चालु आर्थिक वर्षमा हालसम्म २ जनाको बाघले आक्रमण गरी ज्यान लिएको छ ।
यसैगरी आईतबार राजापुर नगरपालिका–१० दक्षिण खैरी बस्ने ३५ वर्षिय बेचन दहितको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय