यस अनलाईनका विज्ञ" />

आज – २६ आश्विन २०७८ मंगलवार को राशिफल
मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता, पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयरको कारोबारबाट सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित पनि हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय