बर्दियामा बाघले आक्रमण गरी बेपत्ता पारेको थारुको शव फेला
मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित

बर्दिया,असोज २६ (फरकसमाचार) / बाघले आक्रमण गरी सोमबार दिउँसो ३ बजे बेपत्ता पारेको थारुको शव गएराति ११ः१५ बजेको समयमा फेला परेको छ । गेरुवा गाउँपालिका–४ ढुकुनियाका जनक बहादुर थारुलाई पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको थियो । थारु भैंसी चराउँन गएको बेला पाटेबाघले आक्रमण गरी तानेर लगेको थियो । बाघले आक्रमण गरेको घटनास्थलबाट करिब २ सय मिटर टाढा थारुको शव फेला परेको छ ।

बाघले आक्रमण गरी बेपत्ताको पारेको जानकारी पाउनसाथ बर्दिया राष्ट्रिय निकुञ्जले खोजी कार्यमा ओखारिया पोष्ट, बन्जरिया रेन्जपोष्टका कर्मचारी र नेपाली सेनाका टोली परिचालन गरेको थियो । चार वटा हात्तीसमेत खोजी कार्यमा निकुञ्जले खटाएको थियो ।

रातिको समयमा हात्तीसहितको टोली घटनास्थल तर्फ जाँदै गर्दा जंगली हात्तीको समुले बाटो छेक्दा खोजी कार्यमा खटिएका हात्तीको बाटो डाइभार्ट भएको निकुञ्जका सुचना अधिकारी अशिम थापाले जनाएका थिए । खोजी कार्यमा खटिएको हात्तीसहितको टोलीको बाटो डाइभार्ट भएपछि अर्को बाटो भएर घटनास्थल तर्फ गएको थियो ।

खोजी गर्दा बेपत्ता थारुको शव राति ११ः१५ बजे फेला परेको हो । हाल मृतक थारुको शव पोष्ट मार्टमको लागि राजापुर अस्पताल लगिएको छ ।

गत आर्थिक वर्षमा १२ जना र चालु आर्थिक वर्षको हालसम्म २ जनाको बाघले आक्रमण गरी ज्यान लिएको छ ।
यसैगरी गत आईतबार राजापुर नगरपालिका–१० दक्षिण खैरी बस्ने ३५ वर्षिय बेचन दहितको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय