कैलालीमा विङ्गर र मोटरसाइकल ठोक्किदा १२ जना घाइते
मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित

कैलाली,असोज २६ / कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा धनगढीबाट जादै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१५ का लक्ष्मण चौधरीसहितका १२ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरुमध्ये मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर छ भने अन्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय