विप्लव नेतृत्वको नेकपाका नेता बिरजंगको निधन
शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता बिक्रम चन्द  ‘बिरजंग’को निधन भएको छ। ६१ वर्षीय बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन्।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याबाट पीडित बिरजंगको उपचारको क्रममा गएराति भारतको नयाँ दिल्लीस्थित म्याक्सीस अस्पतालमा निधन भएको हो।

जनयुद्ध कालमा तत्कालिन नेकपा (माओवादी) को पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारीमा रहेर काम गरेका बिरजंग सरल र त्यागी नेताको रुपमा चिनिन्थे। पछिल्लो समय उनी विप्लवसँगै भूमिगत भएर आन्दोलनमा क्रियाशील थिए। केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। साभार नागरिक दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर