राष्ट्रपति भण्डारीले आमाको हातबाट लगाइन् दशैंको टीका
शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइदिइनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यसवर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ । साभार अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर